|

तनहुँ : तनहुँमा लकडाउनको अवज्ञा गर्दै सवारीसाधन चलाउनेलाई  प्रहरीले कारबाही थालेको छ। सदरमुकाम दमौलीमा लकडाउनको अवज्ञा गर्ने दुई दर्जनभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

लक डाउनलाई मध्यनजर गरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको सिलवालले बताए। जिल्ला प्रशासन कार्यालय तनहुँले अत्यावश्यक सवारी साधानहरुलाई चलाउन छुट दिएको छ भने सर्वसाधारणहरुलाई आवश्यक परेको अवस्थामा सवारी सवारीसाधान सञ्चालनका लागि पासको समेत व्यवस्था गरेको छ। जिल्लाका बजारहरू छिटफुट रुपमा खुलेका छन्।  जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरुमा केही संख्यामा पसलहरुल सञ्चालमा छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.