|

ताप्लेजुङ : कोरोना भाइरस संक्रमणको आशंका लागेका बिरामीलाई राख्न ताप्लेजुङमा २० बेडको आइसोलेसन केन्द्र तयार गरिएको छ।

फुङलिङ बजारस्थित उद्योग वाणिज्य संघको भवनको माथिल्लो तलामा तयार गरिएको हो। उक्त केन्द्रमा बिरामीलाई सामान्य उपचारसहित खाने, बस्ने समेत व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।

जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाका अनुसार कोही बिरामीलाई कोरोनाको लक्षण देखिएमा केन्द्रमा राखी र्‍यालको र रगतको नमुना लिइन्छ। स्वास्थ्यकर्मीको विषेश टिमले उनिहरुको निरन्त निगरानी समेत गर्छ। कोरोना संक्रमणको सम्भावित जोखिमबाट बच्न पूर्वतयारी स्वरुप आइसोलेसन कक्ष बनाइएको हो। साथै जिल्लाको प्रवेशद्वार काबेली, सुकेटार विमानस्थल र दोभन बजारमा हेल्थ डेस्क स्थापना गरिएको छ।

आवश्यकताअनुसार अन्य स्थानमा पनि केन्द्र निर्माण गरिने प्रजिअ निरौलाले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.