|

भारतमा बढ्दो कोरोना भाइरसको प्रकोपका कारण यो वर्षका आइपिएल हुने सम्भावना कमजोर हुँदै गएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले अहिले प्रतियोगिता २९ मार्चबाट १५ अप्रिल सम्मका लागि पर धकेलेको छ। तर अहिले पनि प्रतियोगिता हुने नहुने अन्योल कायम छ।

भारतीय संचार माध्यमले बिसिसीआइका एक अधिकारीको हवला दिंदै मेमा आइपिएल गर्ने अन्तिम मौका रहेको र उक्त महिनामा प्रतियोगिता नभए रद्ध हुन सक्ने जनाएका छन्। यदि प्रतियोगिता रद्ध भएमा बिसिसीआइलाई २ हजार करोड रुपैयाँ बढी नोक्सान हुने छ। जबकि हरेक फ्रेन्चाइज टिमले कम्तीमा सय–सय करोड पाउने छन्।

आइपिएल रद्ध भएमा फ्रेन्चाइज टिमले कुनै मुआब्जा समेत पाउने छैनन् आइपिएललाई लिएर बिसिसीआई र सबै फ्रेन्चाइज टीमबीच मंगलबार बैठक बस्ने तयभए पनि कोरोना भाइरसका कारण अर्कौ हप्ताका लागि बैठक सारिएको छ।

भारतीय खेल मन्त्रालयले सरकारले गर्ने अर्को निर्णयपछि आइपिएलको विषयमा निर्णय हुन सक्ने जनाएको छ। यो एडभाइजरी १५ अप्रिलपछि तय हुने छ।आइपिएल तोकिएको समयमा नभएमा सेप्टेम्बरमा एसिया कप र फेरि अक्टोबरमा टी–२० विश्वकप हुने भएकाले आइपिएल रद्ध हुनुको विकल्प नभएको भारतीय एजेन्सीहरूले जनाएका छन्।

यद्यपि छोटो फर्म्याटमा घटाएर भए पनि प्रतियोगिता चाँडो सक्नुको विकल्प नरहेको बताउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.