|

सुर्खेत : कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन शुरु भएसँगै बीच वाटोमा अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकारले निशुल्क हटलाइन सेवा शुरु गरेको छ। 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको निर्देशनमा मंगलबार बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिले यस्तो निर्णय गरेको हो। कार्यकारी समितिका संयोजक तथा सामाजिक विकासमन्त्री दल रावलको अध्यक्षतामा सम्पन्न वैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हटलाइन कक्ष रहने गरी १११० नम्वरको हटलाइन सेवा शुरु गर्ने निर्णय गरेको हो।

घर फर्कने उद्देश्यले यात्रा शुरु गरी लकडाउनका कारण वाटोमा अलपत्र रहेका कर्णाली प्रदेश भित्रका नागरिकले यो सेवाको उपयोग गरि सरकारलाई आफनो अवस्थाको वारेमा जानकारी दिन सक्ने सामाजिक विकासमन्त्री रावलले जानकारी दिए। 

मन्त्री रावलका अनुसार हटलाइनमा प्राप्त सूचनाका आधारमा सरकारले यातायातको प्रवन्ध गरी अलपत्र यात्रुको उद्धार गर्ने, उनीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने तथा स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाइनमा राख्नु पर्नेलाई क्वारेन्टाइनमा राख्ने र बाँकीलाई गन्तव्यसम्म पुराउने व्यवस्था गर्नेछ। 

रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकांश नागरिक फर्कने क्रममा बीच बाटोमा अलपत्र परेको गुनासो आएपछि प्रदेश सरकारले यस्तो कदम चालेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.