विश्व

भारतमा २१ दिन लामो लकडाउन, 'जनता कर्फ्यू'भन्दा कडा हुने

मोदीले भने : घरबाहिर निस्किने कुरा बिर्सिनु

चैत ११, २०७६

    नयाँ दिल्ली : कोरोना भाइरसको बढ्दो संक्रमणका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा २१ दिन लामो लकडाउन घोषणा गरेका छन्। मंगलबार साँझ विशेष सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले 'जनता कर्फ्यू' भन्दा पनि कडा किसिमको लकडाउन घोषणा गरेका हुन्। 

    मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै भने, 'हिन्दुस्तान बचाउनका लागि आज राति १२ बजेदेखि देशमा पूरै लकडाउन गरिनेछ। यो जनता कर्फ्यू भन्दा कडा हुनेछ। यो २१ दिन लामो हुनेछ।'

    घरबाट बाहिर निस्किने कुरा २१ दिनका लागि कल्पना पनि नगर्न मोदीले चेतावनी दिएका छन्। '२१ दिन नसम्हालिने हो भने तपाईंको देश भारत र तपाईंको परिवार २१ वर्ष पछि पर्नेछ', मोदीले भनेका छन्।

    प्रधानमन्त्री मोदीले विश्वका शक्तिशाली देशलाई पनि कोरोनाले थला पारेको बताउँदै भारतसँग यसबाट बच्न अर्को कुनै विकल्प नरहेको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]