१५० जनालाई चार घण्टासम्म राखेर छाडियो

|

पर्सा : कोरोना भाइरस ( कोभिड १९ ) को विश्वव्यापी संक्रमणबाट मानिसलाई सुरक्षित राख्न सरकारले गरेको लकडाउनको पहिलो दिन सीमा क्षेत्रका पर्सा, बारा र रौतहटमा पूर्ण प्रभावकारी अलि हुन सकेन। 

सरकारले आमसर्वसाधारणको सुरक्षाकै लागि चालेको कदम भए पनि सर्वसाधारणले आफ्नै लागि सरकारले चालेको कदम भन्ने केही नवुझ्दा पूर्ण रुपले कार्यान्वयनमा आउन सकस भएको हो।  

लक डाउन कार्यान्वयनका लागि स्थानीय प्रशासनले निकै कडाइ गर्दा पनि बाहिर हेर्न निस्किएका र घरायसी सरसामान किन्न निस्किएका मानिसले बाहिर ठप्प भएको अवस्था भएन। 

भारतका विभिन्न कलेजहरुमा पढ्न जाने नेपाली विद्यार्थी र काम विशेषले उता गएका मानिस लक डाउनको जानकारीबिना सीमा क्षेत्रमा आइपुग्दा अझै सीमापारी नेपाली नागरिकहरु दिनभरी बसेको भेटिएको छ।

नेपाल सरकारले अन्तिम पटकको लागि पुनः सीमा क्षेत्रबाट नेपाली हो भन्ने प्रमाणका आधारमा प्रवेश दिने भनेपछि उनीहरुमा केही खुसीको संचार भएको छ। 

तथापि मुलुकको पनि विभिन्न ठाउँमा पुग्नु पर्ने र १४ दिन सम्म क्वारेनटाइनमा बस्नु पर्ने भएपछि गन्तव्यमा पुग्न कसरी सम्भव हुने हो भने मिश्रित चिन्ता अझै पनि उनीहरुमा भएको बताएका छन्।     

पहिलो दिन भएकाले बन्दको प्रभाव हेर्न र यतिकै घर बाहिर निस्किएका मानिस मध्ये सुरक्षाकर्मीले १५० जनालाई नियन्त्रणमा लिइ ४ घण्टा वीरगन्जको घण्टाघर छेउको बिपी उद्यानमा राखेर सम्झाएर छोडेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए। 

मंगलबार पहिलो दिन भएकोले सम्झाएर छोडिएको भए पनि दोस्रो दिनबाट थप कडाइ गर्ने उनको भनाइ छ। केन्द्रको निर्देशन र आफूहरुको समन्वयात्मक कार्यान्वयन अटेर गर्नेलाई कार्वाही सम्मको नीति लिएर अगाडी बढेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतको तर्क छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.