|

काठमाडौं : कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको दोस्रो दिन आज पनि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। 

सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन्। बिहानैदेखि काठमाडौं उपत्यका लगायत देशभरका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। 

लकडाउनका कारण अधिकांश शहरी क्षेत्रमा मानिसहरु घरमै बसेकाले शहर बजार पनि सुनसान बनेका छन्। सडकहरुमा एकदमै न्युन संख्यामा सवारी साधन चलेका छन्। तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएपछि आजदेखि सुरक्षाकर्मीले कडाई गर्नेभएका छन्।

कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ६८ जनालाई हिजो प्रहरीले देशका विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएको थियो। सम्झाई बुझाइ गर्दा समेत अटेर गरी लकडाउन उल्लंघन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४, रुपन्देहिबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४, पर्साबाट ३, सिरहा र कञ्चनपुरबाट २÷२ जना तथा धनुषाबाट १ जनालाई नियन्त्रणमा लिएको थियो। 

यस्तै सरकारी निर्देशनको अवज्ञा गरेर सञ्चालन भएका १ हजार ५ सय ७१ सवारी साधनलाई विभिन्न स्थानबाट प्रहरिले नियन्त्रण लिएको थियो। नेपालमा एक युवतीलाई कोरोना संक्रमण देखिएपछि सरकारले सोमबार यसको जोखिमलाई मध्यनजर गर्दै आगामी १८ गते सम्मलाई देशभर लकडाउन गर्ने निर्णय गरेको थियो। 

सरकारले लकडाउनका बेला अत्यावश्यक वस्तु र सेवा संचालन गरिदिन आग्रह गरेको छ।

गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दुरसंचार, सूचना तथा संचार, भन्सार, फोहोरमैला व्यवस्थापनको काम सधैंजस्तो नियमित संचालन गर्न आग्रह गरेको हो। नागरिकलाई भने अतिआवश्यक नपरी घरबाट बाहिर ननिस्कन र लकडाउनको पूर्ण पालना गर्न सरकारले आग्रह गरेको छ। त्यस्तै जनताकाे प्रत्यक्ष सरोकार राख्ने किरानापसल पनि खोल्न निर्देशन दिएको छ। 

यस्तो छ सरकारको अपिल

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.