पहिले नै भएको थियो बिहेको टुंगो

|

कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि अहिले विश्‍वभर २ अर्ब जनसंख्या घरभित्रै बन्धक बनेको छ। भारतमा सबैभन्दा धेरै मानिस घरमा थुनिएका छन्। 

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मात्रै २१ दिन लामो लकडाउन घोषणा गरेका छन्। यस्तोमा भारतमा एक अर्ब ३० करोड जनसंख्या घरमै बन्दी बनेको छ।

कोरोना भाइरसबाट जोगिन भारतका विभिन्न राज्यमा लकडाउन चलिरहेकै बेला सोमवार बिहारको पटना एक अनौठो बिहे भएको छ। 

बिहारको गाजियाबादस्थित साहिबाबादमा बेहुला बसेका थिए भने पटनाको समनपुरमा बेहुली बसेकी थिइन्। दुवैबीच मुस्लिम परम्परा अनुसार अनलाइनबाटै विवाह भएको हो। 

बिहारमा कोरोना भाइरसको संक्रमण फैलिएर एकजनाको मृत्यु भएपछि राज्य सरकारले लकडाउन घोषणा गरेको थियो। तर मंगलबारदेखि प्रधानमन्त्री मोदीले देश नै लकडाउनमा लागेका छन्। 

लकडाउन पहिले नै दुई पक्षबीच बिहेको छिनोफानो गरेर सोमबारको लगन जुराइएको थियो। यस्तोमा कोरोना भाइरस बाधक बनेपछि दुवै परिवारको सहमतिमा ठूलो स्क्रिनको डिस्प्लेमा भिडियो कलमार्फत अनलाइन विवाह गराइएको हो। 

राजधानीको समनपुरास्थित सादिया नसरीनको घरमा ठूलो स्क्रिन लगाइएको थियो। उता गाजियाबादमा बेहुलको घरमा पनि अनलाइन स्क्रीन राखिएको थियो।

दुवै पक्षका नातेदारबीच काजीले बिहेको रीत पुरा गरिदिए। बेहुलीले भिडियो कलमै 'कबुल छ, कबुल छ, कबुल छ' भनेपछि दुवै परिवारमा खुसीयाली छायो। 

त्यसपछि दुवै परिवारले बधाई छ, बधाई छ भनेर अनलाइनबाटै खुसी साटासाट गर्न लागे। लक डाउन सकिएपछि दुवै परिवारले भेट गर्ने वाचा गरे तर बिहारमा मात्रै रहेको लक डाउन अब भारतभर नै २१ दिन थपिएको छ।

समाचार अनुसार दुवै पक्षबीच बिहेको छिनोफानो यसअघि नै भइसकेको थियो। २३ मार्चमा दुवैको बिहे हारूण नगरको कम्युनिटी हलमा हुने तय भएको थियो। तर कोरोना संक्रमण र लकडाउनका कारण बाधा उत्पन्न भएको थियो। त्यसपछि दुवै परिवार भिडियो कलबाटै बिहेको टुंगोमा पुगेका थिए।

दुवैपक्षको सहमतिमै प्रविधिको सहरामा बिहेको टुंगो गरिएको थियो। पटनामा स्क्रीनसामू बेहुलीको पोशाकमा सजिएर  सादिया नसरीन बसिन् भने साहिबाबादमा बेहुलाको पोशाकमा दानिश रजा बसे। दुवै परिवारका मानिस अनलाइनमा आएपछि काजी र नातेदारबीच बिहे गरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.