बोस्टन : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई कोरोनाभाइरस (कोभिड–१९) को महामारीमा सहयोग गर्ने भएकाे छ।
संघको आइतबार बसेको ७२ औं बैठकले १ करोड रुपैयाँ बराबर प्रधानमन्त्री राहत कोष मार्फत् वा सल्लाह बमोजिम औषधिजन्य सामग्री सहयोग गर्ने निर्णय गरेको हो।
संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति, त्यसमातहत संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ।
संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनको तयारी पनि गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।