|

बागलुङ : चौतर्फी विरोध भएपछि कोरोना संक्रमणले समस्या बढाएकै बेला बन्द भएको बागलुङ बजारस्थित निजी क्षेत्रबाट सञ्चालित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर मंगलबार रातिबाट खुलेको छ।

मंगलबार दिउसो हस्तलिखित सूचना अस्पतालको गेटमा टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरेको जानकारी गराएको थियो। 

कोरोना भाइरस परीक्षण लगायतका सामग्री नभएकोले अस्पताल बन्द गरिएको उक्त सूचनामा उल्लेख थियो भने अस्पतालका अध्यक्ष सन्तोष रावलले सुरक्षा सामग्री नभएको र अस्पतालका कर्मचारीले काम गर्न नमानेकोले वन्द गर्न बाध्य भएको वताएका थिए।  उनले सरकारी अस्पतालमा सामाग्री र बीमाको कार्यक्रम हुने तर प्राइभेटमा नहुने भएकोले डाक्टर तथा कर्मचारीले काम गर्न नमानेको बताएका थिए। 

थाहाखवरमार्फत अस्पताल बन्द भएको समाचार सार्वजानिक भएपछि संकटको वेला अस्पताल वन्द गर्ने भन्दै चौतर्फी विरोध भएको थियो। सर्वसाधारणले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए भने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले वन्द गर्ने कार्य गैर जिम्मेवार भन्दै तत्काल कारवाही गर्ने चेतवानी दिएपछि अस्पताल सञ्चालनमा आएको हो।

नगरप्रमुख पौडेलको चेतावनी र सामाजिक सञ्जालमा सर्वसाधारणको ब्यापक विरोध भएपछि मंगलबार रातिबाट अस्पताल खुलेको सूचना ब्यवस्थापनले आफ्नै सूचना पाटीमा टाँस गरेको छ। तर सूचनामा अध्यक्ष र अस्पतालका स्वास्थ्यकर्मीले सुरक्षा र सामानको अभावमा वन्द गरिएको दिउसो भनेको कुरालाई भने लुकाइएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.