चिनियाँ इ–कमर्श जायन्ट अलिबाबाका संस्थापक ज्याक माले कोरोना (कोभिड–१९) विरुद्ध लड्न विश्वभर सहायता सामग्री पठाइरहेका छन्। ज्याक माले स्थापना गरेको ज्याक मा फाउन्डेशनका इन्टरनेट सामाजिक सञ्जालका खाताहरु नियाल्दा दैनिक रुपमा सहायता घोषणा गरिएको देखिन्छ।
ज्याक माले आफ्नो फाउन्डेशनमार्फत अर्बौं रुपैयाँ बराबरको स्वास्थ्य सहायता प्रवाह गरी अमेरिकी लगायत विश्वका प्रमुख अनलाइन सपिङ प्लेटफर्मलाई चुनौतीसमेत दिएका छन्। ज्याक माले निकै ठूलो राशी बराबरको सहायता वितरण गर्न थालेपछि विश्वभरबाट अलिबाबाको प्रशंसा भइरहेको छ।
औपचारिक रुपमा सरकारी स्तरबाट चिनियाँ सहायता लिन नचाहेको अमेरिकामै ज्याक माले १० लाख मास्क र कोरोना संक्रमण परीक्षण गर्न आवश्यक पाँच लाख गोटा किट्स पठाएका छन्। यस्तै एसियाका विभिन्न नौ मुलुकमा पनि ज्याक माले स्वास्थ्य सहायता उपलब्ध गराउने बताइसकेका छन्।
नेपालसहित श्रीलंका, पाकिस्तान, म्यानमार, मंगोलिया, माल्दिभ्स, लाओस्, कम्बोडिया, बंगलादेश र अफगानिस्तानमा १८ लाख थान मास्क, २ लाख १० हजार स्वास्थ्य परीक्षण किट्स, ३६ हजार सुरक्षा पोशाक, भेन्टिलेर र थर्मोमिटर पठाउन लागिएका ज्याक माले ट्वीटरमार्फत जानकारी दिएका छन्।
Go Asia! We will donate emergency supplies (1.8M masks, 210K test kits, 36K protective suits, plus ventilators & thermometers) to Afghanistan, Bangladesh, Cambodia, Laos, Maldives, Mongolia, Myanmar, Nepal, Pakistan & Sri Lanka. Delivering fast is not easy, but we'll get it done!
— Jack Ma (@JackMa) March 21, 2020
अर्जेन्टिना, ब्राजिल, चिली, क्युबा, इक्वेडर, डोमिनिकन रिपब्लिक र पेरु लगायतका ल्याटिन अमेरिकी मुलुकहरुलाई फाउन्डेशनले २० लाख मास्क, ४० लाख टेस्ट किट र १०४ वटा भेन्टिलेटरसहितका सामग्री पठाएको जनाएको छ। यी मुलुकहरुमा फाउन्डेशनले समुद्री मार्गमार्फत सामान पठाइरहेको छ।
One world, one fight! We will donate emergency supplies - 2 million masks, 400K test kits, 104 ventilators - to 24 Latin American countries including Argentina, Brazil, Chile, Cuba, Ecuador, Dominican Republic and Peru. We will ship long-distance, and we will hurry! WE ARE ONE!
— Jack Ma (@JackMa) March 22, 2020
मास्क अभाव खेपिरहेको जापानमा पनि ज्याक माले १० लाख थान मास्क पठाएका छन्। बेल्जियमको लिइने विमानस्थलमा ज्याक माले पठाएका १५ लाख थान मास्क बोकेको जहाज अवतरण भइसकेको छ भने स्पेनमा पनि चीनको सांघाई बन्दरगाहबाट पाँच लाख थान मास्क र आवश्यक चिकित्सकीय सामग्री राखेर पठाइएको पानीजहाज पुगिसकेको छ।
इटलीको रेडक्रसदेखि अफ्रिकी मुलुकसम्मले ज्याक माबाट सहयोग प्राप्त गरिसकेका छन्। अफ्रिकी मुलुकलाई ज्याक माको फाउन्डेशनले चिकित्सकीय उपचारका लागि अनलाइनबाट तालिम समेत दिँदैछ।
Thank you @JackMa & the @AlibabaGroup for sending the first wave of #COVID-19 prevention materials. Support includes 1.1million testing kits,6million masks & 60,000 protective suits to be distributed throughout Africa. Distribution to other countries will begin as of tomorrow. pic.twitter.com/tHsiwoWFjY
— Abiy Ahmed Ali 🇪🇹 (@AbiyAhmedAli) March 22, 2020
चीनको हुबेई प्रान्तस्थित उहान शहर कोरोना संक्रमणको चपेटामा फसेसँगै ज्याक माले यो जिवाणु मार्ने खोप तयार पार्न डोहेर्टी इन्स्टिच्युट फर इन्फेक्सन एण्ड इम्युनिटीलाइ ३२ लाख अष्ट्रेलियन डलर सहयोग दिने सम्झौता गरिसकेका छन्।
करिब ४२.३ अर्ब अमेरिकी डलरबराबर सम्पत्ति आर्जन गरेका ज्याक मा यतिखेर चिनियाँ अर्थतन्त्रको विश्वदूतका चिनिन्छन्। अतिसाध्य गरिबीको जञ्जालबाट उम्कने क्रममा शुरुमा पर्यटकहरुका लागि भाषा अनुवादकको काम गरेका ज्याक माले चीनका सबैभन्दा धनी ब्यक्ति हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।