|

सिन्धुली : कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन सरकारले लागु गरेको लकडाउनका बेला सर्वसाधरणहरु छिटफुट रुपमा निस्किएका छन्।

त्यसरी निस्किनेहरु ‘लकडाउन’ के रहेछ भन्दै हेर्न बजार निस्किएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रन्जु सिग्देलले बताए। बजारमा निस्किनेहरुमध्ये कतिपयलाई लकडाउन थाहा नभएको र कतिपय चाहिँ बजारमा के रहेछ हेरौं भन्दै निस्किएका पनि भेटिएको प्रहरी उपरीक्षक सिग्देलले बताए। कतिले आफ्ना सुरक्षामा ध्यान नदिएर उल्लंघन गरेको पनि भेटिएको छ।

मानिसहरुलाई घरबाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई सिन्धुलीका नागरिकहरुले स्वीकार गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे बताउँछन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब ४०० सुरक्षाकर्मी परिचालन गरी नागरिकलाई घरमै सुरक्षित बस्न आग्रह गरिएको प्रजिअ पाण्डेले बताए। यस्तै, जिल्लाका नौवटै स्थानीय तहले पनि लकडाउन सफल बनाउन कडाई गरिरहेको बताएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.