|

कोभिड १९ (कोरोना) भाइरसका कारण संक्रमित हुनेहरुको संख्या भारतमा ५६२ पुगेको छ। महाराष्ट्र राज्यमा सबैभन्दा बढी ११२ जना संक्रमित भेटिएका छन्। 

तेलंगनामा पनि तीनजना नयाँ संक्रमित पहिचान गरिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

हाल भेटिएका तीनसहित तेलंगनामा अहिलेसम्म ३९ जना संक्रमित पहिचान भएको छ। यस्तै नरेन्द्र मोदीको गृहराज्य गुजरातमा पनि कोरोना संक्रमण लागेका ३८ जना भेटिएका छन्। 

भारतमा कोरोना संक्रमणका कारण हालसम्म ९ जनाको ज्यान गइसकेको छ। स्थिति भयावह हुन नदिन केन्द्र सरकारले गएराती १२ बजेदेखि २१ दिनसम्मका लागि लकडाउन घोषणा गरेको छ।

मोदीले हात जोडेर भने : अबको २१ दिनसम्म घरबाहिर निस्किन बिर्सिदिनुस्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.