|

इटालीमा कारोना संक्रमित बिरामीको उपचारमा निरन्तर खटिएका चिकित्सकहरुले लामो समयसम्म मास्क हटाउन नपाउँदा अनुहारमा घाउ भएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधोनमले ती चिकित्सकहरुको तस्बिर रिट्विट गरेका छन्‌। 

संक्रमित राखिएको आइसोलेसन वार्डमा जाँदा चिकित्सकहरुले पहिरिने विशेष किसिमको मास्कका कारण उनीहरुको अनुहारमा घाउ देखिएको हो। चेपबाट हावा नछिर्ने गरी डिजाइन गरिएको सो मास्क अनुहारको छालामा निकै कसिलो गरी जोडिएर रहनेगर्छ। 

नयाँ बिरामी थपिइँदै जाने र संक्रमितहरुको अवस्था गम्भीर हुन थालेपछि इटलीमा उपलब्ध चिकित्सकहरुले अहोरात्र सेवा गरिरहेका छन्। इटलीमा कोरोनाले यतिखेर महामारीको रुप लिएको छ। 

हालसम्मको तथ्यांकअनुसार इटलीमा ६,८२० कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्। पहिलोपटक कोरोना जिवाणु भेटिएको चीनमा ३, २८१ जनाको मृत्यु भएको छ।

इटलीमा ज्यान गुमाएकाहरुको संख्या चीनको तुलनामा दोब्बरभन्दा बढी हो। अहिले पनि त्यहाँ ३,३९३ जनाको अवस्था गम्भीर छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.