|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता एवं पूर्वस्वस्थ्यमन्त्री गगन थापाले अहिलेको तयारीले कोरोना महामारीविरुद्धको लडाइ जित्न नसकिने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखिएको पाँच पेज लामो पत्र ट्वीटरमार्फत सार्वजनिक गर्दै थापाले अहिले जे भइरहेको छ यो पर्याप्त नभएको उल्लेख गरेका हुन्।

अहिले गरिएको लकडाउनको स्वागत गर्दै थापाले संक्रमण फैलिएका देशबाट आएका हजारौं नेपाली र विदेशी नागरिक नेपाल भित्र आइसकेकाले उनीहरुको पहिचान गर्न जरुरी भएको उनको भनाइ छ।

सरकारले अरू विषयमा तदारुकताका साथ निर्णय गरे पनि कोरोना भाइरस संक्रमितको परीक्षणका सन्दर्भमा भने उपयुक्त निर्णय हुन नसकेको भन्दै थापाले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, यो एकसाताको सीमाबन्दी र १८ गतेसम्मको लकडाउन लाई सही सदुपयोग गर्दै हजारौंको परीक्षण गर्न बिलम्ब नगरौं।’

काठमाडौंकै ठूला अस्पतालका स्वास्थ्यकर्मीले मास्क, व्यक्तिगत सुरक्षाका उपकरणहरु (पीपीइ) र अन्‍य सामान्य आवश्यक सामाग्रीसमेत नपाएको अवस्था रहेको भन्दै उनले गरिएका निर्णयहरु अक्षरश: तत्काल कार्यान्वयन गरिहाल्न आग्रह गरका छन्।

परीक्षणलाई व्यपाक बनाएर संक्रमित पहिचान गरी अलग गर्ने र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम नगरे भयावह अवस्था आउनसक्नेतर्फ थापाले सचेत गराएका छन्।

गगन थापाले प्रधानमन्त्रीलाई लेखेको पत्र जस्ताको तस्तै :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.