क्‍वारेन्टाइनमा पठाइँदै, ड्राइभरलाई हुन सक्छ जेल सजाय

|

पर्सा : कोरोना भाइरसको महामारीबाट मुलुकबासीलाई चलाउन नेपाल सरकारले गरेको लकडाउनको समयमा लुकिछिपी कण्टेनरमा वीरगन्ज आइपुगेका ५३ जना पक्राउ परेका छन्। 

काठमाडौं भरतपुर, र मकवानपुरबाट कण्टेनरमा चढी वीरगन्ज आइपुगेका पर्सा, बारा र रौतहटका ५३ जना वीरगन्जमा पक्राउ परेका हुन्। 

वीरगन्नजको आइसीपीबाट काठमाडौंको सतुंगल गएर फर्किएको ना ५ ख ९५५२ नम्बरको कण्टेनरमा कोचाकोच चढी वीरगन्ज आइपुगेका ५३ मध्ये चालकसहित ४९ जना पुरुष, १ महिला र ३ बालबच्चा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। 

उनीहरुलाई वीरगन्जको छपकैयास्थित आयुर्वेद मेडिकल कलेज र टिचिङ्ग हस्पिटलमा बनाइएको क्वारेन्टिाइनमा राखिएको छ। उनीहरु वीरगन्जको घण्टाघरमा ओर्लिन लागेको समयमा बुधबार बिहान पक्राउ गरिएको हो। 

अहिले त्यहाँ राखिएका सबैको स्वास्थ्य परीक्षण भइरहेको छ। स्वास्थ्य परीक्षणबाट शंकाजनक अवस्था नदेखिए उनीहरुलाई होम क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले थाहाखबर सँग बताए। 

जिल्लागत रुपमा सबै मानिसको नाम, ठेगाना खुलिनसकेकोले संकलन भइरहेको उनले बताए। 

लकडाउनको समयमा काठमाडौं, भरतपुर र मकवानपुरबाट यतिधेरै मानिसलाई कण्टेनरको डब्बाभित्र लुकाइ वीरगन्जसम्म ल्याउने सवारी चालक बाराको कलैया–३ घर भएका शिवनारायण महरा रहेको पर्साका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए। 

उनलाई संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कार्वाही प्रकृया अगाडी बढाउने तयारी भइरहेको छ उनले भने। कसुर अनुसार यो ऐन आकर्षित हुँदा ६ महिना कैद र १० हजारसम्म जरिवाना हुन सक्ने छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.