|

काठमाडौं : नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट कारोबारमा जोड दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। सर्वसाधारणलाई नगद आवश्यक पर्ने र त्यसका लागि न्यूनतम बैंकिङ्ग सेवा प्रदान गर्नुपर्ने भन्दै राष्ट्र बैंकले ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि ग्राहकलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सूचित गर्न भनेको हो।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन भनेको छ। सबै प्रदेशका स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि प्रत्येक स्थानीय तहमा शाखा खोलेर न्यूनतम कर्मचारीबाट बैंकिङ्ग कारोवार गर्न पनि निर्देशन दिएको छ।

भन्साबाट प्राप्त हुने चेक क्लियरिङ्गको उचित व्यवस्था मिलाउन, ‘घ’ बर्गका वित्तीय संस्थाहरुले समेत काउन्टरमार्फत कारोवार सञ्चालन गर्न भनिएको छ। बैंक तथा वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंकमा गर्नुपर्ने रिपोर्टिङहरु परिस्थिति सामान्य भएर कार्यालय नियमित रुपमा खुलेको ७ कार्यदिनभित्र गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.