|
घटनापछि सोधखोज स्थानीयसँग गर्दै प्रहरी । तस्बिर : आजतकबाट

एजेन्सी : कोरोना भाइरस आज डरको दोस्रो नाम भइसकेको छ। मानिसदेखि मानिससम्म पुगिरहेको यसको संक्रमण रोक्न विश्वभर देशलाई नै लकडाउनमा लैजाने क्रम जारी छ।

नेपाल र भारतसहित विश्वका कयौँ देशले लकडाउन गरेपछि करिब २ अर्ब जनसंख्या अहिले घरमै बन्दी बनेको छ। पछिल्लो पटक भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ। अहिलेसम्म भारतमा ६३१ संक्रमित भेटिएका छन् भने १३ जनाको ज्यान गइसकेको छ। 

यस्तोमा केन्द्र र राज्य सरकारले अनेक उपाय लगाएर यसलाई फैलिनबाट रोक्न जुटेका छन्। तर प्रशासनको निर्देशन उलंघन गर्दै मानिसहरु सडकमा निस्किइरहेका छन्। 

आदिवासी बाहुल्य राज्य झारखण्डमा पनि लकडाउनको उलंघन चिन्ताजनक छ। झारखण्डबाट लकडाउनकै क्रममा एउटा समाचार आएको छ। यो राज्यको पलामु जिल्लामा बैंगलोरसहित कयौँ अन्य सहरबाट गाउँ फर्किएका 

मानिसले क्वारेन्टाइनमा नबसिदिँदा त्रास फैलिएको छ। क्वारेन्टाइनमा बस्न नमान्‍ने यस्तै एकजना मानिसले ज्यान नै गुमाउनु परेको छ। क्वारेन्टाइनमा राखेका ती व्यक्ति बाहिर निस्केर जथाभावी गरेपछि गाउँलेले कुटेर ज्यान लिएका छन्। 

घटना पलामु जिल्लाको पन्डवा प्रखण्ड चक्रधरपुर गाउँको हो। समाचार अनुसा गाउँ निवासी काशी साव केही दिनपहिले सहरबाट गाउँ फिरेका थिए। काशीसमेत सातजना बैंगलोर, पुणे र राजस्थानबाट गाउँ फर्किएका थिए। 

२२ मार्चका दिन पाटन स्वास्थ्य केन्द्रमा शहरबाट फिरेका उनीहरुको कोरोना भाइरस जाँच गराइएको थियो। स्वास्थ्य कर्मचारीले यी सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न सल्लाह दिएका थिए।

तर डाक्टरको सल्लाह अवज्ञा गर्दै काशीसहितका युवा क्वारेन्टाइनबाट निस्किएर रक्सी पिइरहेका थिए। कोरोनाका कारण त्रसित भएका गाउँलेले यसमा आपत्ति जनाएका थिए। तर गाउँलेको कुरा नै नसुनी सातैजना उनीहरुमाथि जाइलागे। दुवैपक्षबीच विवाद सुरु भयो। विवाद बढ्दै गएपछि कुटपिटमा परिणत भयो। दुवै पक्षबीच भएको ग्याङ फाइटका क्रममा काशीसहित पाँचजना गम्भीर घाइते भए।

गम्भीररु घाइते काशी र अन्यलाई चिकित्सकले प्राथमिक उपचापरपछि पटनाको पीएमसीएच अस्पताल रिफर गरिदिए। जहाँ उपचारका क्रममा काशीको ज्यान गयो। 

अन्य घाइतेको त्यहीँ उपचार भइरहेको छ। काशीको मृत्युपछि प्रहरीले १३ जनाविरुद्ध हत्याको मामिला दर्ता गरेर अनुसन्धान थालेको छ। यस घटनापछि गाउँमा तनाव चुलिएको छ। जसका कारण यो गाउँमा प्रहरीको अस्थायी क्याम्प नै राख्नुपरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.