|

विराटनगर : प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि रु १० करोडको कोष खडा गर्ने निर्णयपछि कोषमा रकम वृद्धि भइरहेको छ। सो कोषमा मुख्यमन्त्रीसहित मन्त्री तथा राज्यमन्त्रीबाट पनि एकएक महिनाको तलब जम्मा गर्ने घोषणा भइसकेको छ।

कोषमा प्रदेश नं १ प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले एकएक महिनाको तलब जम्मा गर्ने घोषणापछि नेपाली काङ्ग्रेस संसदीय दल प्रदेश नं १ का २१ सांसदले पन्ध्रपन्ध्र दिनको तलब जम्मा गर्ने निर्णय भएको सो दलका नेता राजीव कोइरालाले जानकारी दिए।

अटेर गर्ने प्रहरी नियन्त्रणमा

४७ जना क्वारेन्टाइनमा भारतबाट नेपाल छिर्ने ४७ नेपालीलाई रानी नाका विराटनगरबाट मोरङको टाँडी क्वारेन्टाइनमा पठाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए। यसैगरी कोरोना भाइरसबाट नागरिकलाई सुरक्षित पार्न सरकारले घोषणा गरेको लकडाउनलाई अटेर गर्ने दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

यस्तै लकडाउन उल्लङ्घन गर्ने २३४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यसैबीच लकडाउनमा उपभोक्ताका घरघरमा सामान पुर्‍याउन स्थानीय गुद्री अनलाइनले माग गरेबमोजिम चारचक्के गाडी एक थान, मोटरसाइकल आठ थान र साइकल तीन थान चलाउनलाई पासको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

अनलाइनमार्फत फलफूल, तरकारी, किराना सामान तथा खाद्य सामग्री पनि बिक्रीवितरण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा निवदेन परेबमोजिम जिल्ला प्रशासन कार्यालयमा सिफारिश गरिएको कार्यालय प्रमुख हिमालय बरालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.