|

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले विश्वव्यापी फैलिएको कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलावट न्यूनीकरण गर्नका लागि डिस इन्फेक्सन स्प्रे (किटनासक औषधी) छर्न थालेको छ। नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बिहीबारबाट जोरपाटी–नारायणटार क्षेत्रमा डिस इन्फेक्सन स्प्रे छरी सुरुवात गरेको हो।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मजोज ढुंगानाले कोरोना भाइरस रोकथामका लागि वाङ्ला पब्लिक सेफ्टी ट्रेनिङ सेन्टर संस्थालाई परिचालन गरी सो स्प्रे छरिएको बताए। उनले भने,‘अहिले कोरोना रोकथामबाट बच्ने उपायको जनचेतना दिँदै धमाधम नारायणटार क्षेत्रमा स्प्रै छरिदै आएको छ।’

गोकर्णेश्वर नगरपालिकाका अनुसार गोकर्णेश्वर नगरपालिकाको विभिन्न चोकहरु,स्वास्थ्य चौकी परिसरमा केही दिनसम्म निरन्तर स्प्रे छरिनेछ।

फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले यसको जोखिमलाई मध्यनजर गर्दै ११ चैतदेखि १८ गतेसम्म देशभर लकडाउन गरेको छ।  लकडाउनको नियमलाई गम्भीर रूपमा लिएर घरभित्रै बस्‍न सरकारले आम देशवासीहरूलाई अनुरोध गरेको छ। सरकारले नागरिककै हितका लागि लकडाउन गरेको भन्दै यसलाई तोडेर बहादुरी नदेखाउन पनि आग्रह गरेको छ। लकडाउनको समयावधिमा अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्र चलाउन पाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.