|

काठमाडौं : प्रिक्सा टेक्नोलोजिजको ख.बर सोलुशनद्वारा निर्मित यस सिस्टमले नेपालका जिल्लाको नक्शा चित्रमाथि कोरोना भाइरस (कोभिड १९) संक्रमणको विवरण हेर्न मिल्ने पोर्टल बनाएको छ।

यस पोर्टलमा गएर विश्वका अन्य देशको कुल संक्रमण, जम्मा मृत्यु तथा कुल निको भएका संख्या हेर्न सकिन्छ। यो पोर्टल थाहाखबर मार्फत पनि हेर्न सकिने गरी राखिएको छ।

यस सिस्टम निर्माणमा जुटेका प्रिक्सा टेक्नोलोजिजका सिईओ मनिषकुमार शर्माले भने, 'कोरोना ट्रयाकर सिस्टमले नेपालको संक्रमण तथ्यांक हेर्न र सतर्क रहन मद्धत गर्छ । तथ्यांकलाई चित्रमा हेर्दा त्यसको महत्व बढ्ने हुनाले नेपालकै सीमा रेखांकन राखी यस सिस्टमको निर्माण गरेका छौँ।'

कोरोनानेपाल.लाइभ नामको यस सिस्टमले तथ्यांक मात्र नभई कोरोना भाइरसको समाचार विभिन्न आधिकारिक नेपाली अनलाइन पोर्टलबाट खोजेर राखेको छ ।

यस सिस्टमलाई कम्प्युटर, मोबाइल, ट्याब्लेट सबैबाट हेर्न मिल्छ । लकडाउनको अवस्थामा यसले सही तथ्य र समाचार छिटो थाहा पाउन मद्दत गर्ने शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.