सर्लाहीका स्थानीय तह धमाधम क्‍वारेन्टाइन बनाउँदै

|

गुल्मी : कोरोनाको त्रासको मौका छोपेर क्‍वारेन्टाइन बनाउने भन्दै गाउँमा पैसा उठाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको मालिका गाउँपालिका २ का २४ वर्षीय  शशिराम घर्तीलाई बिहीबार दिउँसो पक्राउ गरिएको इस्मा प्रहरी चौकी इन्चार्ज सई मोहनलाल अधिकारीले जानकारी दिए। 

इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको रोदी र चाँपटारीका केही घरमा रकम उठाउँदै गरेको अवस्थामा उनी पक्राउ परेका सई अधिकारीले बताए। घर्तीले इस्मामा मात्रै पैसा उठाएका वा अयन्त्र पनि अवैध काम गरे भन्ने विषयमा अनुसन्धान भइररहेका गाउँपालिका उपप्रमुख विमला खत्रीले बताइन्। 

सर्लाहीका स्थानीय तह धमाधम क्‍वारेन्टाइन बनाउँदै

यसैबीच सर्लाहीका तीन स्थानीय तहले क्‍वारेन्टाइन तयार गरेका छन्। सदरमुकाम मलंगवा नगरपालिकाले मलंगवास्थित जिल्ला खेलकुद विकास समितिको कबर्ड हलमा २५, लालबन्दी नगरपालिकाले वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा २५ र हरिवन नगरपालिकले बासाटोलस्थित नगरपालिकाको नयाँ भवनमा १४  बेडको क्‍वारेन्टाइन तयार भइसकेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।

नगरपालिकालाई २० र गाउँपालिकालाई १० बेडको क्‍वारेन्टाइन तयार गर्न स्थानीय तहलाइ अग्रह गरिएको छ। जिल्लाका अन्य स्थानीय तह पनि क्‍वारेन्टाइन निर्माणमा जुटेका छन्। जिल्लाका २० वटै स्थानीय तहले आफ्ना नागरिकलाई पायक पर्ने स्थान पहिचान गरी क्‍वारेन्टाइन राख्ने तयारी गरिरहेका जिसीले जानकारी दिए। यसअघि सबै स्थानीय तहले हेल्प डेस्क स्थापना गरिसकेका छन्। हालसम्म जिल्लामा कोरोना भाइरस संक्रमणको आशंकामा दुई जनाको सदरमुकाम मलंगवास्थित क्‍वारेन्टाइनमा राखी उपचार भइरहेको छ। 
त्यसैगरी 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.