कुटपिट गर्ने प्रहरी नियन्त्रणमा

|

बैतडी : बैतडीका एक स्वास्थ्यकर्मीमाथि स्थानीय सरकारले स्थापना गरेको क्‍वारेन्टाइनमै कुटपिट भएको छ। जिल्लाको पुर्चौडी नगरपालिकास्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि क्‍वारेन्टाइनमै कुटपिट भएको हो। भारतबाट आएका नागरिकलाई क्‍वारेन्टाइनमा राखेपछि अहेब धामीमाथि कुटपिट भएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए।

आफ्ना छोरालाई क्‍वारेन्टाइनमा किन राखेको भन्दै स्थानीय नरेन्द्र जागरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेको उनले बताए। नरेन्द्रका छोरा सुनिलसहित पुर्चौडीका ७ जना बुधबार राति घर फर्किएका हुन्।   उनीहरुलाई  नगरपालिका–५ कुवाकोटको भूमिराज माविको क्‍वारेन्टाइनमा राखिएको थियो। भारतबाट आएका आफ्ना छोरा सुनिललाई क्‍वारेन्टाइनमा राखेको भन्दै जागिरीले साढे १० बजे ड्यूटीमा खटिएका अहेब धामीमाथि गालीगलौज गर्दै कुटपिट गरेका हुन्। 

सातै जनालाई स्वास्थ्यकर्मीले सुरक्षित क्‍वारेन्टाइनमा राखेका थिए। कोरोना भाइरसको संक्रमण भित्रिन नदिन स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले क्‍वारेन्टाइनमा बसालेपछि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि कुटिपिट गरेका हुन्। कुटपिटबाट घाइते भएका अहेब धामीको छाती र हातमा चोट लागेको छ। हाट स्वास्थ्यचौकीमा उनको उपचार भइरहेको छ।  हातपात गर्ने जागरीलाई बिहीबार नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.