|

बारा : बारा–पर्सा औद्योगिक करिडोरका खाद्यान्न तथा पेय पदार्थ उद्योगका मजदुर दोहोरो मारमा परेका छन्। सरकारले औषधि, खाद्यान्न, दूध र इन्धनजस्ता अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरू सञ्चालन गर्ने निर्देशन दिएपछि उनीहरूले छुट्टी पाएका छैनन्। बरु उद्योगबाहिर निस्किएको भन्दै प्रहरीले लाठी बर्साउने गरेको उनीहरूले गुनासो गर्न थालेका छन्। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यहाँ रहेका उद्योगका मजदुरहरूले काम गर्नुपर्दा उच्च जोखिममा छन् 

बुधबार बिहान करिडोरको आरति सोप केमिकल एन्ड प्रोडक्टमा कार्यरत चार जना मजदुरहरूले काम जाने क्रममा प्रहरीको लाठी खाएका थिए। 
मजदुरले प्रहरीको लाठी खाएको भन्दै बिहीबार(आज) बाट सो उद्योग  नै बन्द गरिएको जनाइएको छ। 

प्रहरीको कुटाई खोनेहरूमा मोहन आचार्य, गोविन्द यादव, नथुनी सरदार र मधु गुरुङ छन्। जितपुर प्रहरी चौकीबाट खटिएका प्रहरीले परिचय खुलाउँदा पनि आफूहरूलाई कुटेको उनीरूले बताए। अत्यावश्यक उद्योगमा कार्यरत मजदुरमाथि प्रहरीले अमानवीय व्यवहार गरेका सो घटनाको विषयमा बाराका समग्र ट्रेड युनियनले आपत्ति जनाएका छन्। 

यस्तो अवस्थामा पनि उद्योग बन्द नभएका कारण बाध्यताबश काममा जानुपरेको मजदुरहरूले गुनासो गरेका छन्। बारा–पर्सा औद्योगिक करिडोरमा सबै खालका गरी करिब सात सय  उद्योग छन्। जसअन्तर्गत तीन दर्जन खाद्य र पेय पदार्थका मात्रै उद्योग रहेका जिफन्टका प्रदेश २ अध्यक्ष कमलेश झाले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.