|

सल्यान : सल्यानको मार्केबजार नजिकै बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा तीनजना घाइते भएको छन्।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का १८ वर्षीय बसका सहचालक सुजन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

शारदा  नगरपालिका–८ काटीगाउँबाट दुलधरापोखरा जाँदै गरेको ना ३ ख ७९७५नम्बरको बिहीबार राति बस मार्केबजार नजिकै दुर्घटना भएको थियो। दुर्घटनामा शारदा–८ का २६ वर्षीय सुरेन्द्र सेजवाल, २८ वर्षीय थमन चलाउने र  वडा नम्बर ५ का २७ वर्षीय खेमराज बुढाथोकी घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

बसको टायर पन्चर भएपछि ममर्तका लागि दुलधारा पोखरा आउँदै गर्दा दुर्घटना भएको प्रहरीले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.