इटालीमा झन् फैलिँदै, अमेरिका उस्तै

|

एजेन्सी : चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस शुक्रबारसम्म विश्वका १९९ देशमा पुगिसकेको छ। अहिलेसम्म कोरोनाका कारण विश्वभर २४ हजार ९३ मानिसले ज्यान गुमाइसकेा छन्। 

विश्वका ५० भन्दा धेरै देशका २ अर्ब मानिस अहिले घरमा बन्दी बनेका छन्। यस्तोमा कोरोनाका कारण स्पेनमा बिहीबार सबैभन्दा धेरै ७१८ जनाले ज्यान गुमाएका छन्। 

इाटलीमा २४ घण्टामा ६८३ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा एकै दिनमा कोरोनाबाट १६ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ८५ हजार ५९४ पुगेको छ। 

अहिलेसम्म विश्वभरमा ५ लाख ३२ हजार ९०९ मानिस संक्रमित भएका छन्। चीनपछि युरोपेली मुलुकमा कोरोनाको गम्भीर असर देखिएको छ। पूरै विश्वमध्ये बिहीबार स्पेनमा सबैभन्दा धेरै मानिसले ज्यान गुमाउन पुगे। 

वुहानबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा भयानक असर इटालीमा देखिँदैछ। अब त्यहाँबाट त्यसकै रुप स्पेनमा पनि देखिएको छ। वर्ल्डोमीटरका अनुसार पछिल्लो २४ घण्टामा इटालीमा ६८३ मानिसले ज्यान गुमाएका छन्। इाटलीमा कोरोना भाइरसबाट मर्नेको संख्या ८ हजार २ सय १५ पुगेको छ। 

चीन बाहिर कोरोना भाइरसबाट सबैभन्दा धेरै इटालीमा ज्यान गुमाएका छन्। यसका साथै इटालीमा नयाँ ६ हजार २०३ संक्रमित भेटिएका छन्। इटालीमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढेर ८० हजार ५८९ भएको छ।

स्पेन कोरोनाको नयाँ केन्द्र बन्दै गएको छ। स्पेनमा पछिल्लो २४ घण्टामा ७१८ जनाले ज्यान गुमाएपछि इटालीबाट अब कोरोनाको इपिसेन्टर स्पेन बन्दै गएको छ।

यहाँ ज्यान गुमाउनेको संख्या ४ हजार ३६५ पुगेको छ। स्पेनमा अहिलेसम्म ५७ हजार ७८६ संक्रमित भएका छन्। इरानमा कोरोनाबाट बिहीबार १५७ जनाले ज्यान गुमाएका छन्। इरानमा मर्नेको संख्या २२ सय ३४ पुगेको छ। यहाँ संक्रमितको संख्या २९ हजार ४०६ भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.