|
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बिहान अस्पताल गएका हुन्। भेटको अवसरमा स्वास्थ्य अवस्थामा भएको प्रगति र विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन सरकार र पार्टीले लिएका पहलकदमीबारे पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

हिजो राति ११ बजे अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। रातभर चिकित्सकको निगरानी र उपचारपछि प्रधानमन्त्री ओलीको चिकित्सकहरुले उनलाई आजै डिस्चार्ज गर्ने तयारी गरेको पनि थापाले बताए।

अचानक मुटुको धडकन बढेपछि गएराति ११ बजे उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.