|

बारा : विश्वभर आतंक मच्याइरहेको कोभिड १९ नामक उपचारका लागि विश्भर मेडिकल साइन्स अहोरात लागिपरेको छ। तर हालसम्म परिणाम शुन्यजस्तै छ। तर बारा जिल्लाका विभिन्न गाउँमा भने कोइलाको टीका लगाए कोराना संक्रमण हुँदैन भन्ने अफवाह फैलिरहेको छ। सातै घर–घरमा दैलो खनिएको छ। 

बारा मात्र होइन रौतहटका ग्रामीण क्षेत्रमा पनि यस्तै देखिन थालेको छ। घरको दैलोको दायाँपट्टि खनेर कोइला निकालेर टीका लगाए कोरोना भाइरस संक्रमणबाट बचिने भन्दै स्थानीय यसै गर्न लागिपरेका छन्। 

बाराको निजगढ, सिंगौल, रतनपुर, रौतहटका गैडाटार क्षेत्रलगायतका बासिन्दाले बुधबार मध्यतरातबाट जाग्राम नै बसेर दैलो खनेका निजगढ ६ की धनमाया लामाले बताइन्। 

स्थानीय एक व्यक्तिका आफन्तले रौतहटबाट फोन गरेर यस्तो सुनाएपछि राति गाउँमा हल्ला भएको र स्थानीयले दैलो खन्न थालेको उनले बताइन्।  निजगढ १३ का तिलक घलानले गाउँमा कोइला खोज्ने र निधारमा लगाउने कामसमेत हुने गरेको बताए। ‘मैले हल्लाको पछि नलाग्न अनुरोध गरे’, उनले भने, ‘नमानेर खन्दै जमिनमा भेटिने कालोको टीका लाउने गरेका छन्।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.