|

काठमाडौं : आज लकडाउनको चौथो दिन पनि काठमाडौं सुनसान नै रह्यो। सडक चोक र गल्लीहरूमा समेत सुरक्षाकर्मीहरूले विशेष सुरक्षा दिइरहे।

बिहानैदेखि धर्मकर्म र मर्निङ वाक गर्नेहरुको ठूलो भीड लाग्ने पशुपतिनाथ मन्दिर पनि लकडाउनले गर्दा सुनसान देखिन्थ्यो। त्यहा पनि खासै मानवीय चहलपहल थिएन। प्रायः रातको समयमा पनि खाली नहुने पशुपतिनाथ मन्दिर परिसर अहिले भने खाली छ।

सरकारले कसैको मृत्यु भएमा २५ जनाभन्दा बढी मलामी जान नपाउने भन्ने नियम लागू गरेको छ। पशुपतिनाथसँगै रहेको आर्यघाट पनि हिजोआज सुनसान छ। केही शवहरू जलाइँदै गरेको देखिए पनि नजिकै मृतकका परिवारका आफन्त र भिडभाड थिएन।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.