|

काठमाडौं : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोभिड-१९ (कोरोना भाइरस) संक्रमण भएको छ। 

त्यहाँका राजकुमार चार्ल्सलाई केही दिनअघि कोरोना भाइरस पोजेटिभ भएलगत्तै प्रधानमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित भएका हुन्। 

बेलायको सञ्चार संस्था बिबिसीका अनुसार कोरोना पोजेटिभ भएपछि प्रधानमन्त्री जोनसन सेल्फ आइसोलेसनमा गएका छन्। बेलायतमा कोरोना तीव्र गतिमा फैलिएपछि उनी बिरामीको उपचारको बन्दोबस्तीका लागि निरन्तर सक्रिय थिए।

'विगत २४ घण्टादेखि मेरो स्वास्थ्यमा समस्या आएको थियो। अन्तत: परीक्षणबाट कोरोना पोजेटिभ देखियो', जोनसनले ट्विट गर्दै भनेका छन्, 'म अहिले सेल्फ आइसोलेसनमा छु। तर म भिडियो कन्फरेन्समार्फत सरकारको काम अगाडि बढाइरहन्छु। हाम्रो सामूहिक प्रयत्नबाट भाइरसविरुद्धको लडाइँ जित्ने छौं।'

यसअघि बेलायकै राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण भएको थियो। ७१ वर्षीय उनलाई कोरोना संक्रमण  भएपछि उनलाई आइसोलेसनमा राखिएको छ।

चार दिनअघि नै वोरिसले आफूलाई कोरोना भएमा आफ्नो कार्यभार विदेशमन्त्री डोमिनिक रावले सम्हाल्ने भनेर प्रवक्तामार्फत जनतालाई आश्वस्त पारिसकेका थिए । यसलाई बेलायतमा यस्तो व्यवस्थालाई 'स्ट्याण्ड इन प्राइमिनिष्टर' भनिन्छ । आज प्रधानमन्त्री वोरसले ट्विटरमा आफैंले बोलेर आफूलाई कोरोनाको सामान्य संकेत देखिएको बताएका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.