|

कञ्चनपुर : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि कञ्चनपुर जिल्ला लकडाउन गरिएपछि अलपत्र अवस्थामा रहेका निर्माण कार्यमा संलग्न एकसय ७६ मजदुरको जिल्ला प्रशासन कार्यालयको पहलमा शुक्रबार उद्धार गरी गन्तव्यमा पुर्‍याइएको छ। 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीलका अनुसार सातजना मजदुरलाई बेलडाँडी गाउँपालिकाबाट उद्धार गरी डडेल्धुरा पठाइएको छ। महाकाली पुल आयोजनामा कार्यरत एकसय ५५ जना मजदुरलाई बर्दिया र डडेल्धुराबाट हिडेर आएका १४ जना मजदुरलाई बेदकोट नगरपालिकाको सिसैयाबाट उद्धार गरी शुक्लाफाँटा नगरपालिका १२ कालागौडी पुर्‍याइएको छ। 

उद्धार गरिएका सबै मजदुरलाई सवारी साधानको व्यवस्था गरी घरसम्म पुर्‍याइएको अधिकृत जोशीको भनाई रहेको छ। उनका अनुसार अत्यावश्यक कामका लागि २० वटा विशेष सवारी पास र अवागमन अनुमति जारी गरिएको छ।

लकडाउन सम्बन्धी टेलिफोनबाट प्राप्त विभिन्न पाँचवटा गुनासो समाधान गरिएको उल्लेख गर्दै उनले कोरोना भाइरस (कोभिड १९) सर्वेक्षण फाराम तयार गरी जिल्लास्थित स्थानीय तहलाई सो बमोजिमको विवरण पठाउन अनुरोध पनि गरिएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.