|

बारा : सरकारले घोषणा गरेको लकडाउनको मौका छोपेर बारामा तस्करी गर्नेहरु बढेका छन्। प्रहरीले ध्यान लकडाउन कार्यान्वय गर्न दिइरहेको मौकामा नेपालबाट भारततर्फ अवैध छोकडा तस्करी भइरहेको हो। 

बारा प्रहरीले ३० क्विन्टल अवैध छोकडा बरामद गरेको छ। बाराको सिमावर्ती क्षेत्र विश्रामपुर गाउँपालिका–२ कान्तिपुर टोलको बाटो हुँदै नेपालबाट भारततर्फ चोरी निकासीका लागि तयारी गरेको करिब तीन लाख रुपैयाँ बराबरको अवैध छोकडा प्रहरीले शुक्रबार बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। 

उक्त बरामद् अवैध छोकडा र छोकडा ओसार्नका लागि राखिएको १२ वटा साइकल बरामद गरी कारवाहीको लागी मुल भन्सार कार्यालय वीरगञ्ज पर्सामा पठाइएको उनले जानकारी दिए।

चोरीको स्कारपियो बरामद

आदर्शकोतवाल गाउँपालिका–८ कोतवालीमा प्रहरीले चोरीको स्कारपियो बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले सडकमा बेवारिसे अवस्थामा छाडिएको भारतीय नम्बरको स्कारपियो बरामद गरेको हो।

भारतबाट चोरी गरी नेपाल भित्र्याएको करिब नौ लाख ५० हजार रुपैयाँ बराबरको बिआर ०५ पी ५१८३ नम्बरको स्कारपियो गाडी बरामद भएको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

‘बरामद् गाडीलाई सिस्टममा चेक गर्दा गाडी चोरीको देखिएको छ,’ प्रवक्ता मिश्रले भने, ‘बरामद् गाडी आवश्यक कारवाहीको लागी भन्सार ऐन अनुसार मुल भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.