दुवै देशका संक्रमितको विवरण गोप्य

|

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) र अहिले महाविपत्तिसँग जुधिरहेको स्पेनमा ६ जना नेपालीलाई कोरोना भाइरस संक्रमण देखिएको छ। 

यूएईको स्वास्थ्य मन्त्रालयले ७२ जनामा कोरोना संक्रमण देखिएको शुक्रबार पुष्टि गरेको छ। तीमध्ये २ जना नेपाली पनि रहेको मन्त्रलायले जनाएको छ।

मन्त्रालयका अनुसा २ जना नेपालीसहित ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गल्फन्युजले जनाएको छ।

युएईको स्वास्थ्य मन्त्रालयले निकालेको विज्ञप्ति अनुसा इमाराती सहित, श्रीलंका, जोर्डन, प्यालेष्टाइन, इरान, कोमोरोस, चीन, साउदी अरब, काजकिस्तान, सर्बीया, ग्रीस,उरुग्वे, रोमानिया, स्विेडन, दक्षिणअफ्रिका, इराक, यमन, इथियोपिया, बेलायत, पाकिस्तान, लेबनन, भारत र बंगलादेशका ७२ जनामा कोरोना संक्रमण भएको उल्लेख छ। 

नयाँ संक्रमितहरुमा पुराना संक्रमितहरुको सम्पर्कमा जाँदा कोरोना भएको हो। मन्त्रालयले संक्रमित सबै बिरामीको अस्पतालमा उपचार भइरहको जनाएको छ। संक्रमित सबैको अवस्था पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ।

स्पेनमा चार संक्रमित 

उता कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण भएको छ। क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका चार नेपालीमा कोरोना पोजेटिभ भएको हो। उनीहरुको अहिले उपचार जारी छ।

बार्सिलोनाको साग्रादा फ्यामिलियामा बस्दै आएका एक नेपालीको सान्पाओ अस्पतालमा उपाचार हुँदैछ। अन्य तीनजना हस्पितालेद क्षेत्रका हुन्। उनीहरु स्थानीय अस्पतालमा भर्ना भएका छन्।

संक्रमित नेपालीहरुको विवरण खुलाइएको छैन। चारैजना संक्रमित पुरुष हुन्। अवस्था सामान्य भएपनि उनीहरु सबैलाई आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ।

स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको जानकारी दूतावासलाई आएको बताएकी छन्। 'बार्सिलोनामा बस्दै आएका केही नेपालीहरुमा कोभिड-१९ संक्रमण भएको सूचना आएको छ', उनले पत्रकारहरुलाई भनेकी छन्, 'संक्रमितहरुको सम्पूर्ण विवरण दूतावासले खोजिरहेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.