|

बाँके : कोरोना भाइरसको आंशका गरिएका ब्यक्तिको थ्रोट स्वाबको स्याम्पल लिन नेपालगन्ज आएको नेपाल एयर लायन्सको वाई १२ जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटना भएको छ। काठमाडौँबाट आएको उक्त जहाज करिब १२ बजे नेपालगन्ज विमानस्थलको धावन मार्गमा ल्याण्ड गर्न नसकेपछि घाँसे मैदानमा गएको नागरिक उड्डयन प्राधिकरण, नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए। 

अत्यधिक हावा चलेका कारण धावन मार्गमा बस्न खोज्दा जहाज घाँसे मैदानमा पुगेको ठाकुरको भनाइ छ। ‘हावाको बेगले जहाजलाई हुत्याएपछि धावनमार्गमा बस्नुपर्ने जहाज घाँसे मैदानमा गएको हो,’ ठाकुरले भने, ‘दुर्घटना भए पनि मानवीय क्षति हुनबाट जोगिएको छ।’

जहाजमा चालकसहित पाँचजना सवार थिए। सवार सबै सकुशल रहेको उनले जानकारी दिए। दुर्घटनामा परेको जहाजमा क्षति पुगे पनि मर्मत गरेर संचालन गर्न सकिने अवस्थामा रहेको ठाकुरको भनाइ छ। ‘जहाजमा सामान्य क्षति पुगेको छ, मर्मत गरेर छिट्टै संचालनमा ल्याउँन सकिन्छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.