कोभिड-१९ {अपडेट}

गुल्मीमा भारतबाट आएका ३१ जना क्वारेन्टाइनमा

चैत १५, २०७६

    गुल्मी : गुल्मीमा भारतबाट आएका ३१ जनालाई कवारेन्टाइनमा राखिएको छ। चारदिन पहिले भारतबाट आएका धुर्कोटका १० जना, इश्माका ११ जना र मालिका गाउँपालिकाका १० जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। 

    धुर्कोट गाउँपालिकाको परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा पाँचजना र निन्युखर्क माध्यमिक विद्यालयमा पाँचजना गरी भारतबाट आएका  १० जनालाई गाउँपालिकाले सबै व्यवस्थान गरी क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।  

    क्वारेनटाइनमा बसेका सबैलाई नयाँ बिस्तारा सेट, अलगअलग साबुन, बाल्टीलगायत उनीहरूले प्रयोग गर्ने सामान अलगअलग रुपमा व्यवस्थापन गरिएको पोखरेलले जानकारी दिए। यस्तै मालिका गाउँपालिकाको अर्जे माध्यमिक विद्यालयमा १० जनालाई राखिएको मालिका गाउँपालिका ६ अर्जेका वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए।

    यस्तै इश्मा गाउँपालिकाको सरस्वती निम्न माध्यमिक विद्यालयमा ११ जनालाई गाउँपालिकाले व्यवस्थापन गरी राखेको इश्मा गाउँपालिकाले जनाएको छ।

    क्वारेन्टाइनमा राखेका सबैलाई सम्बन्धित गाउँपालिकाका भएको र सबै व्यवस्थापन गाउँपालिकाले गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]