|
प्रतीकात्मक तस्वीर

काठमाडौं : गत चैत ४ गते कतारको दोहाबाट आएको कतार एयरवेजको जहाजमा सवार यात्रुमध्ये २ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। 

कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते काठमाडौं ओर्लिएकी बागलुङकी २२ वर्षीया युवतीलाई पनि कोरोना संक्रमण भएको हो। उनमा कोरोनाको पुष्टि जनस्वावस्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट भएको हो। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा फ्रान्सबाट आएकी यसअघि संक्रमित काठमाडौंकी १९ वर्षीया युवती र बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी २२ वर्षीया एक युवतीले एउटै उडानमा यात्रा गरेको पुष्टि गरे। 

पाँचौं संक्रमित युवतीको अहिले बाग्लुङ अस्पतालमै उपचार भइरहेको छ। बाग्लुङ अस्पतालबाटै थ्रोट स्वाब झिकेर जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
नेपालमा भेटिए कोरोनाका पाँचौ संक्रमित

    कतारको उक्त उडानको जहाजमा १५८ जना यात्रु आएका थिए। जसमा प्रहरीले १३३ जनालाई पहिचान गरी क्वारेन्टानइनमा बस्न लगाइसकेको छ। यही उडानमा आएका बागलुङका अर्का युवकमा भने कोरोना नेगेटिभ देखिएको थियो।

    फ्रान्सबाट आएकी काठमाडौंकी युवतीको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा अहिले उपचार भइरहेको छ। बागलुङकी युवतीको पनि उपचार जारी रहेको जानकारी डा. देवकोटाले दिए। 

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.