|

अर्जेन्टिनाका फुटबल स्टार पाउलो डिबालाले कोरोना भाइरसलाई हराए। तर इटालियन क्लब युभेन्टसका यी स्टारको कोरोना अनुभव भने निकै दर्दनाक रह्यो।

कोरोनाले अहिले इटालीमा ९ हजार बढीको ज्यान लिइसकेको छ। डिबालाले कोरोना संक्रमण भएपछिको समय कुनै खराब सपना भन्दा कम नभएको बताए। उनले भने ‘केही दिनअघिसम्म म निकै मुस्किल अवस्थामा थिएँ। हरेक पाँच मिनेटमा सास फुल्थ्यो। मांसपेशीमा सहनै नसकिने गरी पीडा हुन्थ्यो। तर सहन म विवश थिएँ।’

डिबालाका साथमा युभेन्टका डेनीले रुगानी पनि कोरोनाबाट संक्रमित रहेका थिए। ‘खतरनाक संक्रमणपछि अहिले केही राहत महसुस गरिरहेको छु। मैले जुन दिनहरू कटाएँ। ती साच्चिकै डरलाग्दो सपना भन्दा कम थिएनन्। मैले जीवनकै कठीन समय गुजारेको थिएँ। हरेक पाँच मिनेटपछि मलाई मर्छु जस्तो लाग्थ्यो। सास फुल्थ्यो। अप्ठ्यारो महशुस हुन्थ्यो' डिबालाले भने,' मलाई सास लिन निकै मुस्किल पर्थ्यो। म सास लिनकै लागि संघर्ष गर्थे। सास फेर्नका लागि संघर्ष गर्दा निकै थाकेको महसुस हुन्थ्यो। शरीर निकै भारी भएजस्तो लाग्थ्यो। र मशलहरू छोइ नसक्नु गरी दुख्थेँ।’

गलफ्रेन्ड पनि सिकार

डिबालाकी गलफ्रेन्ड तथा अर्जेन्टिनी गायिका ओरिआना साबातिनी पनि कोरोना संक्रमित भएकी थिइन्। उनी पनि अहिले ठीक भएकी छन्। दुबैले कोरोनालाई जितेसँगै सबैलाई बलियो आत्माविश्वास साथ यो महामारीविरुद्ध जुट्न आग्रह गरेका छन्। युभेन्टसका स्टार फुटबलर डिबालाले यो सिजन १३ गोल गरेका थिए।

कोरोना भाइरका कारण इटालीको सिरिएलगायत विश्वभरका फुटबल प्रतियोगिताहरू अहिले स्थगित छन्। डिबालाले पछिल्लो खेल इन्टर मिलानविरुद्ध खेलेका थिए। जहाँ युभेन्टसले २–० को जित निकालेको थियो।

खेलमा आरोन रामसीले ५४ औं तथा डिबालाले ६७ औं मिनेटमा समान १–१ गोल गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.