|

काठमाडौं :  विदेशबाट फर्किएका नेपालीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखा पर्न थालेपछि नेपाल प्रहरीलाई ती व्यक्तिहरूको पहिचान गर्न समस्या परेको छ।

प्रहरीले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेको छ। विशेषगरी चैत महिनाको ४ गते भएका हवाई उडानहरू कतार एयरवेज र एयर अरेवियाबाट नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको सङ्क्रमण देखा परेसँगै सो समस्या देखिएको हो। 

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले त्यो दिनको विभिन्न हवाई उडानबाट नेपाल आएकाहरूमध्ये आफैँ सम्पर्कमा आउनेहरू कमै छन्, धेरैको पहिचान हुन नसकेको उनी बताउँछन्। 

केही दिनअघि फ्रान्सबाट दोेहा हुँदै काठमाडौँ आएकी १९ वर्षीया युवती र शनिबार कोरोना सङ्क्रमणको पुष्टि गरिएकी बाग्लुङकी युवती पनि बेल्जियमबाट खाडी मुलुक हुँदै नेपाल आएको पाइएको छ। कतार एयरवेजको क्यूएआर ६५२ विमान चढेर काठमाडौँ आएकी युवती विमानमा सवार १५८ यात्रुमध्ये १३४ जनाले मात्र आफू ‘सेल्फ क्वारेन्टाइन’मा रहेको सूचना प्रहरीलाई प्राप्त भएको उनले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.