सल्यान : लकडाउनका कारण काममा जान नसकेका मजदुरलाई शारदा नगरपालिकाले खाद्यान्न वितरण गरेको छ।
दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आइरहेका नगरपालिकाका अति विपन्न २० परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो।
लकडाउनले दैनिक मजदुरी गरेर परिवारको पाल्दै आएका मजदुरहरुलाई समस्या आएपछि राहत वितरण गरिएको शारदा नगरपालिकाका प्रवक्ता दिपक हमालले बताए। नगरपालिकाले प्रतिव्यक्ति २५ किलो चामल, दुई बोतल तेल, दुई किलो दाल र दुई पोका नुन वितरण गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।