सेनाको हेलिकोप्टरबाट सातै प्रदेशमा

|

काठमाडौं : चीनबाट साढे १२ टन स्वास्थ्य सामग्रीसहित नेपाल वायु सेवा निगमको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

चीनले दिएका विभिन्‍न १९ थरी स्वास्थ्य सामग्रीको पहिलो लट लिएर एयर बस ए ३३० जहाज बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमाअवतरण गरेको हो। 

पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी जहाज स्वास्थ्य सामग्री लिएर आइतबार बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको हो। 

चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधि र अन्य स्वास्थ्य उपकरणसहित विमान नेपाल आइपुगेको हो। स्वास्थ्य मन्त्रालयले माग गरेका स्वास्थ्य सामग्रीहरूको पहिलो लट चीनबाट आइपुगेका हुन्।

जसमका २० हजार थान पर्सनल प्रोटेक्टिभ इक्‍विपमेण्ट, २० हजार थान एन ९५ मास्क, १०० थान पोर्टेबल भेन्टिलेटर १०० थान छन्।  त्यसैगरी, मोनिटर-२,००० थान, एबिजी मेसिन-२० थान, भाइरल डिटेक्टिङ पिसिआर मेसिन, २० थान अक्सिजन प्लान्ट, ५ थान रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन रहेका छन्।

त्यसैगरि १०,००० थान इन्ट्युवेटिङ सेट, २,००० थान इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स, ७ थान सिआरआरटी मेसिन, २० थान पिसिआर किट्स र २,००० थान थर्मल थर्मोमिटर रहेका छन्।  

चीनबाट ल्याइनेमा १,००० थान थर्मो स्क्यानर, १० थान मेडिकल सुविधा सहितको मोबाइल एम्बुलेन्स र ५ थान जसमा मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्ससहित रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसनसम्मका सामग्रीसमेत छन्। 

कोरोना भाइरसविरुद्धको अभियानलाई प्रभावकारी बनाउन स्वास्थय मन्त्रालयले चीन सरकारसँग १९ थरी सामान मागेको थियो। चिनियाँ दूतावासले नै सहयोगका लागि आफूहरु तयार रहेको जनाउँदै आवश्यक सामान माग्न भनेपछि मन्त्रालयले सामान अर्डरको पत्र बेइजिङमा पठाएको थियो। त्यही अनुसार चीनबाट यी सामानको पहिलो लट काठमाडौं आइपुगेका हुन्। 

सेनाको हेलिबाट सातै प्रदेशमा

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मन्त्रालयले अर्डर गरेका विभिन्‍न १९ थरी स्वास्थ्य सामग्री यस जहाजले आइतबार बिहान काठमाडौंमा आएपछि सेनाको हेलिकोप्टरबाट सातै प्रदेशमा वितरण गरिँदैछ।

ती सामग्री आइतवारबाटै देशका सातै प्रदेशमा हेलिकोप्टरले ‌ओसार्ने भएका हुन्। सरकारले काठमाडौंको टेकु अस्पतालसँगै धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा पनि कोरोनाको परीक्षण गर्ने निर्णय गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.