धमाधम मोटरसाकइल नियन्त्रणमा लिँदै प्रहरी

|

अर्जुन काफ्ले

पथरी (मोरङ) : कोरना भाइरस संक्रमण रोक्न सरकारले गरेको लकडाउनको उल्लंघन गर्दै मोटरसाइकलसहितका सवारी साधान गुडिरहेपछि पथरीशनिश्चरे नगरपालिका-३ का विभिन्‍न सडक स्थानीयले थुनेका छन्।

पथरीशनिश्चरे-३ मा रहेको सामाजिक स्कुल पश्चिमवाट किरात चौक जाने बाटो, पिपलचौक पश्चिम झोलुङ्गे पुल हुदै किराँत चौक जाने बाटो, जनता मावि पश्चिम छिमेकी लाइन जाने बाटो स्थानीय युवाहरुले लकडाउनको समयसम्म बन्द गरेका छन् । 

सरकारले तोकेको लकडाउन निर्वाध मोटरसाइकल र अन्य सवारीका साधन चलेर मानिस आवतजावत भइरहँदा कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले सडक थुनिएको स्थानीय युवा सरोज तिम्सिनाले बताए।

वडाअध्यक्ष डम्वर चेम्जोङ्गको अनुमतिमै बाटो बन्द गरिएको हो । कोरोना भाइरसको संक्रमण फैलिने त्रास बढेपछि सडकमा बाँस राखेर बन्द गरिएको हो । सडक बन्द भएपछि सवारी साधन गुडेका छैनन्। 

अतिआवश्यक काम पर्दा मात्रै अनुमति लिएर सडकको ढाट खोलिने बताइएको छ। यसैबीच पथरी प्रहरीले लकडाउनको अवज्ञा गरेको भन्दै पथरीशनिश्चरेको ऐयावारी, हनुमान चोक र मन्दिरलाइनबाट ५ वटा मोटरसाइकल र ५ वटाको चाबी नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिप गिरीका अनुसार लकडाउनको अवज्ञा गरी बिनाकाम मोटरसाइकल लिएर हिँडेपछि कारवाही गरिएको हो। 

पथरीशनिश्चरे नगरपालिकाले पनि घर बाहिर ननिस्कन आग्रह गर्दै विभिन्‍न वडामा सचेतना कार्यक्रम गरिरहेको छ । उपमेयर यमुना विष्ट बाँस्तोलाको एक टोलीले घर बाहिर निस्किएका नगरबासीलाई घरमै बस्‍न आग्रह गर्दै सचेतना कार्यक्रम गरिरहेको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.