|

धनकुटा : धनकुटामा हाल सम्म ९० जनालाई 'होम क्वारेन्टाइन'मा राखिएको छ। रोजगारीको शिलशिलामा विभिन्‍न देश गएर फर्किएकाहरूलाई 'होम क्वारेन्टाइन'मा राखिएको हो।

जिल्ला प्रशासन कार्यलय धनकुटाले दिएको जानकारी अनुसार धनकुटाको छथर जोरपाटी गाउँपालिका ८ जना, धनकुटा नगरपालिकाका १० जना, साँगुरीगढी गाउँपालिकाका १७ जना र चौबिसे गाउँपालिकाका १६ जनालाई 'होम क्वारेन्टाइन'मा राखिएको छ।

जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी जयराम श्रेष्ठका अनुसार शहीदभूमि गाउँपालिकाका १४ जना, महालक्ष्मी नगरपालिकाका ६ जना र पाख्रिवास नगरपालिकाका १९ जना पनि यतिखेर 'होम क्वारेन्टाइन' बसेका छन्‌। 'होम क्वारेन्टाइन'मा बसेकाहरूमाथि स्थानीय स्वास्थ्यकर्मी र प्रहरीले निगरानी गरिरहेका छन्‌।विदेशबाट फर्किएका युवाहरूको स्वास्थ्यमा समस्या नदेखिएपनि सुरक्षा सर्तकता अपनाउन 'होम क्वारेन्टाइन'मा राखिएको हो। 

नेपालमा पाँचौ व्यक्तिमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासनले युरोप, पश्चिम एसिया र खाडी मुलुकबाट धनकुटा आएका यात्रुहरुको विवरण संकलन गर्न थालिसकेको छ। स्थानीय तहसँग सहकार्य गरेर तथ्याङ्क अध्यावधिक गर्न लागिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले जानकारी दिए।

विदेशबाट आएकाहरुलाई 'सेल्फ क्वारेन्टाइन'मा बस्न अपील गर्दै उनीहरुको व्यक्तिगत विवरण संकलन गर्न थालिएको छ। प्रशासनले विदेशबाट आउनेलाई तत्काल स्वास्थ्यचौकीमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.