जिल्लामा १ हजार बढी भित्रिए पनि २० जना मात्र क्‍वारेन्टाइन बसे

|

दैलेख : कोरोना भाइरस संक्रमणको आशंकामा दैलेखका दुई जना बिरामीको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ। आठबिस नगरपालिका ४ मा रहेको राकमकर्णाली स्वास्थ्य चौकीमा भर्ना भएका उनीहरुको स्वाब थ्रेट काठमाडौं पठाइएको स्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरञ्जन पन्तले बताए। 

भारतको महाराष्ट्रबाट आएका उनीहरुमा ज्वरो रुघाखोकी आएपछि कोरोनाको आशंका गरी १३ गते काठमाडौं पठाइएको हो। भारतलगायत अन्य मुलुकबाट आएका २० जनालाई दुल्लु नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ। 

बाहिरबाट जिल्लामा एक हजार जनाभन्दा बढी भित्रिए 

यसैबीच छिमेकी मुलुक भारतलगायत देशबाट जिल्लामा प्रवेश गर्नेको संख्या एक हजारभन्दा बढी रहेको बताइएको छ। ११ वटा स्थानीय तह रहेको दैलेखमा १० स्थानीय तहले दिएको जानकारीअनुसार बाहिरी देशबाट १ हजार ६६ जना भित्रिएका छन्। त्यसरी भित्रनेमध्ये २० जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ। त्यसरी आएकामध्ये नारायण नगरपालिकामा १ सय ५५ डुगेश्वरमा ४७, भगवतीमाईमा ३५, चामुण्डा बिन्द्रासैनीमा ४९, गुराँसमा २७, ठाँटीकाँधमा १ सय ५६, महावुमा ९, आठबिसमा ४ सय ५०, नौमुलेमा ७० र भैरवी गाउँपालिकामा  ६८ रहेका छन्। 

जिल्लाको पश्चिममा पर्ने आठबिस नगरपालिकामा दुई जनालाई डाक्टरको निगरानीमा राखेको जनाएको छ। 

नारायण नगरपालिकाले छर्किन थाल्यो औषधि

नारायण नगरपालिकाले पनि सार्वजनिक स्थानमा कक्लोरिन स्प्रे छर्किएको छ। कोरोना भाइरसको संक्रमण फैलन नदिन नगरपालिकाले आइतबार दिउँसोदेखि औषधि छर्किन थालेको हो। नगरपालिकाले अहिले दैलेखको मुख्य बजार सदरमुकामका विभिन्न सार्वजनिक स्थानलगायत बजार क्षेत्रमा र क्वारेन्टाई निर्माण गरिएका स्थानहरुमा औषधि छर्किएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.