समाज

सेतीबाट पठाइएका सात जनाको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’

चैत १६, २०७६

    डडेल्धुरा : विश्‍वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को आशंकामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ७ जनाको रिर्पोट नेगेटिभ आएको छ।

    कोरोनाको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएपछि धनगढीका संक्रमित युवकको नमुनासँगै उनीहरको थ्रोट स्वाब संकलन गरी पठाइएकोमा रिर्पोट नेगेटिभ आएको हो। काठमाडौं पठाइएका सात जनाको नमुना परीक्षण गर्दा नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका इमरजेन्सी विभाग प्रमुख एवं प्रवक्ता डाक्टर जगदीश  जोशीले जानकारी दिए।

    उनका अनुसार नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाइएकामध्ये दुई जनाको रिर्पोट आउन बाँकी छ। यसअघि धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय  एक युवकमा शुक्रबार कोरोनाको संक्रमण देखिएको पुष्टि भएको थियो।

    चैत ८ गते काठमाडौँ–नेपालगञ्ज हुँदै धनगढी आएका उनी चैत ११ गते सेती अस्पताल भर्ना भएका थिए। ती युवा दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौँ आएका थिए। उनी २१ मार्च अर्थात् चैत ८ गते काठमाडौँबाट नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए। 

    उनी बुद्ध एयरको विमानबाट नेपालगञ्ज पुगेका थिए भने नेपालगञ्जबाट सार्वजनिक बस हुँदै धनगढी आएका थिए। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। उनलाई अस्पतालको छुट्टै कोठामा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]