|

पर्वत : कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणबाट जोगिनको लागि पर्वत सदरमुकाम कुस्मा बजारमा किटनाशक औषधि ‘क्यालोरिन’ छर्किएको छ।

बजार क्षेत्रमा जनघनत्व बढी हुने भएकोले कुस्मा बजारका चोक तथा सडकहरूमा दमकलको प्रयोग गरेर औषधि छर्किएको हो। छिमेकी जिल्ला बागलुङकी युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सावधानीका लागि ‘क्यालोरिन’ छर्किएको नगरप्रमुख रामचन्द्र जोशीले बताए।

‘छिमेकी जिल्लाकै रिपोर्ट पोजेटिभ आएको अवस्थामा हामी बढी सचेत र सतर्क हुनुपर्ने अवस्था छ’ उनले भने, ‘सतर्कताका लागि नगरपालिकाले सबै काम गर्न तयार छ। हामीहरू कहिँनेर पनि कमजोर बन्न नहुने अवस्था छ।’

कुस्मा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा प्रहरी परिचालन गरेर औषधि छरिएको छ। र यो क्रम मंगलबारसम्म रहने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

‘क्यालोरिन’ ले सूक्ष्म किटाणुहरू मार्ने भएकोले सुरक्षाको लागि नगरपालिकाले औषधि छर्ने काम गरेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.