|

काठमाडौं : सरकारले मुलुकभर कोभिड-१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सङ्क्रामक रोग ऐन २०२० अनुसार अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन जारी गरेको आदेश 'लकडाउन' लाई आठ दिनका लागि थप गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको मन्त्रिपरिषद् बैठकले यही चैत ११ गतेदेखि १८ गते बिहान ६ बजेसम्मका लागि जारी गरेको उक्त आदेशलाई यही चैत २५ गते राती १२ बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।। 

मन्त्रिपरिषद्को आजको बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न उक्त आदेश जारी गरेको थियो।

बैठकले यही चैत १० लागू हुने गरी गरेको अन्तरराष्ट्रिय सीमानाका सबै प्रवेश नाकाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णयलाई चैत २५ गते राति १२० बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको खतिवडाले जानकारी दिए। व्यक्तिको आवागमन रोकिए पनि ढुवानीका गाडी भने सञ्चालनमा रहने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.