१५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत छुट

|

काठमाडौं : सरकारले लकडाउन अवधिभरीका लागि इन्टरनेट र डाटा प्याकको शुल्कमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आइतवार राति पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएका हुन्। 'लकडाउन अवधिभर दूरसञ्चार सेवा प्रदायकले इन्टरनेट र डाटा प्याकको शुल्कमा २५ प्रतिशत छुट दिने निर्णय भएको छ', उनले भने, 'यो निर्णय निजी इन्टरनेट सेवा प्रदायक कम्पनीको हकमा पनि लागू हुनेछ।'

डा. खतिवडाले फागुन र चैत महिनाको विद्युत्, खानेपानी, दूरसञ्चार र इन्टरनेट शुल्क वैशाख मसान्तसम्म तिर्दा जरिवाना नलिने निर्णय सरकारले गरेको जानकारी दिएका छन्।

बिजुलीमा पनि छुट

मन्त्री खतिवडाले मासिक १५० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई फागुन र चैतभर २५ प्रतिशत महसुल छुट दिने निर्णय पनि भएको जानकारी दिएका छन्। 

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकलाई फागुन र चैत महिनाको महशुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.