|

काठमाडौं :  निजी विद्यालयहरुले चैत महिनाको शुल्क लिन नपाउने भएका छन्। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

सरकारको यो निर्णयसँगै निजी विद्यालयहरुले अभिभावकलाई यसअघि नै लिइसकेको एक महिनाको शुल्क फिर्ता गर्नुपर्ने भएको छ। 

निजी विद्यालयहरुले यो शैक्षिक सत्रको सबै शुल्क लिइसकेर वार्षिक परीक्षा पनि सकेको अवस्थामा सरकारको निर्णय आएको हो। देशका सबै निजी विद्यालयले यो शैक्षिक सत्रको पढाई बन्द गरिसकेका छन्।

सेन्ट जेभियर्ससहितक केही निजी विद्यालयले नयाँ शैक्षिक सत्रको भर्ना नै लिन थालिसकेका थिए। तर लकडाउन चलिरहेका बेला मानिस जम्मा गरेको भन्दै सरकारको दबाबमा भर्ना रोकिएको छ। 

यस्तो अवस्थामा निजी विद्यालयले शुल्क मिनाहको निर्णय कसरी कार्यान्वयन गर्छन्? उनीहरुको प्रतिक्रिया आउन बाँकी छ। सरकारले एक महिनाको घरभाडा नलिन घरबेटीहरूलाई पनि आग्रह गरेको छ। 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले निजी विद्यालयलाई एक महिनाको शुल्क नलिन निर्देशन दिने निर्णय भएको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.