|

बैतडी : पुर्चौडी नगरपालिकाका एक वडाअध्यक्षमाथि आइतवार कुटपिट भएको छ। वडा नम्बर ७ का अध्यक्ष राम बहादुर ऐरमाथि कुटपिट हो।

वडाध्यक्ष ऐरलाई सोही वडाका ३७ वर्षीय धर्मानन्द बडुले कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। वडाको ग्वाल्लेक मावि वडलेकमा निर्माण गरिएको क्वारेन्टाइनमा मदिरा सेवन गरी होहल्ला गरिरहेका बडुलाई सम्झाउन खोज्दा वडाध्यक्ष ऐर कुटिएका हुुन्। उनको अवस्था सामान्य रहेको छ।

‘कुटपिट गर्ने बडुलाई नियन्त्रणमा लिइएको छ,’ प्रहरी नायब उपरीक्षक पाण्डेयले भने, ‘मदिरा सेवन गरेर कुटपिट गरेको भन्ने खुल्न आएको छ।’

यसअघि चैत १२ राति पुर्चौडी–५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीलाई पनि क्वारेन्टाइनमै कुटिएका गरिएको थियो। अहेब धामीलाई स्थानीय नरेन्द्र जागरीले राति साढे १० बजे कुटपिट गरेका थिए। जागरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.