|

पर्वत : फ्रान्सबाट आएकी कोरोना सक्रमित १९ वर्षीया युवतीसँगै यात्रा गरेका एक युवकमा कोरोनाको संक्रमण  नभएको पुष्टि भएको छ।

बागलुङ घर भई पर्वतको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा राखिएका युवाको स्वाब परीक्षणपछि उनमा संक्रमण नभएको पुष्टि भएको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए। ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उहाँको स्वाब परीक्षणका लागि पठाएका थियौँ,’ उनले भने, ‘आइतबार साँझ उहाँमा कोरोनाको संक्रमण नरहेको रिपोर्ट आएको छ।’

कतार एयरवेजको क्युआर ६५२ नम्बरको उडानमा नेपाल आएकी युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सोही जहाजमा डेनमार्कबाट काठमाडौँ झरेका बाग्लुङका ती युवकलाई पर्वत सदरमुकाम कुस्मामा आफन्तको घरमा बसिरहेकै अवस्थाबाट आइसोलेसनमा लगिएको थियो।

पर्वतकै अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा राखिएकी पर्वतकै बिहादी गाउँपालिकाकी एक महिलाको नतिजा पनि सोमबार साँझसम्म आइपुग्ने डा. देवकोटाले बताए। रोजगारीको सिलसिलामा भारतमा रहेका श्रीमान् घरमा आएपछि ती महिलामा कोरोनाको लक्षणसँग मिल्ने गरी उच्च ज्वरो आएको थियो। १०३ डिग्रीसम्म आएको ज्वरो नघटेपछि उनलाई आईसोलेसनमा राखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.